Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली परिचालन


    मंगलबार, फाल्गुन १९ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा शंकास्पद वस्तु फेला परेको छ ।

    आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ ।

    अहिले नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ ।

    सोमबार पनि रौतहटको राजपुर नगरपालिका-६ मा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार