काठमाडौं । आयुर्वेद चिकित्सकहरुको छाता संगठन आयुर्वेद चिकित्सक संघको अधिवेशन २ बर्षदेखि हुन सकिरहेको छैन । आयुर्वेद चिकित्सक संघको अध्यक्षको रुपमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादव छन् ।
२०७८ चैतमा २ बर्षका लागि डा. श्यामबाबुको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । तर ४ बर्षसम्म उनले महाधिवेशन नगरी पद ओगटेर आएका थिए । २ बर्षअघि नै महाधिवेन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा श्यामबाबुले पद ओगटिरहेका छन् ।
महाधिवेशन गर्नतिर उनको चासो नै देखिएको छैन । ब्यापक दबाबपछि आगामी २०८२ चैत २० र २१ गते संघको ११ औं महाधिवेशनको मिति तोकिएको छ । तर त्यो मितिमा पनि महाधिवेशन नगर्न श्यामबाबु लागिरहेका छन् । श्यामबाबुको पदप्रतिको आशक्तिले गर्दा देशभर १ हजार आयुर्वेद चिकित्सकको छाता संगठनको रुपमा रहेको उक्त संघको ११ औं महाधिवेशन चैतमा हुने कुरामा पनि डाक्टरहरु विश्वस्त हुन सकेका छैनन् ।
उनले उक्त संघको अध्यक्ष पदलाई ब्यक्तिगत लाभका लागि दुरुपयोग गरेको आरोप छ । आफ्नो प्राइभेट लिमिटेडकम्पनीजस्तै संघलाई स्वार्थपूर्तिको थलो बनाएका छन् । चिकित्सकहरुको छाता संगठनको रुपमा रहेको नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की छन् । जसले नियमित अधिवेशनका लागि मिति घोषणा गरी कार्यभार हस्तान्तरण गर्न आतुर छन् ।
भरतपुर क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक कार्कीले आफ्नै पहलमा धेरै चिकित्सकलाई महत्वपूर्ण पद दिलाए पनि आफू भने संघकै गतिबिधिमा मात्र केन्द्रित हुँदैआएका छन् । सोही सरहको पेशागत संगठन आयुर्वेद चिकित्सक संघ भने अध्यक्ष श्यामबाबुको ब्यक्तिगत लाभको लागि दुरुपयोग हुँदैआएको महसुस आम चिकित्सकहरुले गर्दैआएका छन् । उनको अक्षम नेतृत्वको आयुर्वेद चिकित्सकहरुमा संघप्रति बितृष्णा पैदा भएको छ ।
संघलाई मागीखानो भाँडो बनाएकोमा चिकित्सकहरु रुष्ट छन् । आयुर्वेद चिकित्सा पद्धतिको विकास र चिकित्सकहरुको पेशागत हकहितका लागि गठित संघ श्यामबाबुको ब्यक्तिगत हितका लागि मात्र प्रयोग भएको देखिन्छ ।
श्यामबाबु अध्यक्ष भएपछि संघ संंस्थागत रुपमा संचालन हुन नसकेको र उनले झोलामा संघका लेटरप्याडदेखि छापसमेत बोकेर बाटा बाटामा आफ्नो स्वार्थका काम गर्दैआएको आरोप छ। श्यामबाबु टीमवर्कमा काम नगर्ने चिकित्सकका रुपमा चिनिन्छन् ।
दसौं तहका डा. श्यामबाबु बर्षौदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागको निमित्त महानिर्देशकमा कार्यरत छन् । तर ११ औं तहका बरिष्ठ आयुर्वेद चिकित्सक रामआधार यादव अतिरिक्त समूहमा जिम्मेवारीबिहीन छन् । दसौं तहका कनिष्ट श्यामबाबुले बिभाग चलाइरहेका छन् ।
केही तराईबासीलाई जेनजीको रुपमा स्वास्थ्य मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई दबाब दिएर बिभागको महानिर्देशकमा टिक्न सफल हुँदैआएका श्यामबाबुलाई मन्त्री सुधा गौतमले साथ दिएकी छन् । केही दिनअघि भारतको एक कार्यक्रममा मन्त्री गौतमले यादवलाई संगै लिएर गएकी थिइन् ।
केही दिनअघि श्यामबाबुको ठाउँमा रामआधारलाई महानिर्देशक बनाउन उठिसकेको टिप्पणी सचिव डा. बिकास देवकोटालाई मन्त्री गौतमले स्थगन लगाएकी थिइन् । मन्त्रीलाई उनले राम्रै खर्चपानीको ब्यवस्था गरेपछि बरिष्ठ डाक्टरलाई बरन्डामा कनिष्ट श्यामबाबुलाई निमित्त महानिर्देशकमा थमौती गरिएको छ ।
जेनजी बिद्रोह सुशासनका लागि भएको थियो । तर बरिष्ठ डाक्टरलाई मन्त्रालयको बरन्डामा राखेर कनिष्टलाई बर्षौदेखि बिभागको निमित्त महानिर्देशकमा राख्नु पनि भ्रष्टाचार नै हो । तर नागरिक सरकारकी मन्त्री डा गौतम यस्तै भ्रष्टाचारमा रमाउँदैआएकी छन् । जेनजी आन्दोलन पछि पनि स्वास्थ्य मन्त्रालयमा एकरत्ति सुधार हुन सकेको छैन, बरु सेटिङ झन् बढी हुने गरेको गुनासो छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend