Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एमाले महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित(सूचीसहित)


    मंगलबार, पुष १ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

    भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरिएको हो ।

    केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागिपरेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

    सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    यस्तै, १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

    उम्मेदवारको अन्तिम नामावली

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार