Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्यो


    शुक्रबार, मंसिर १२ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्य साढे दुई लाख नाघेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५० हजार ६०० पुगेको हो।

    बिहीबार ४०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ४८ हजार ४०० पुगेको थियो।

    सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार आज ६५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ३४५ रुपैयाँ पुगेको छ।

    बिहीबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार