Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र


    मंगलबार, मंसिर ९ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय अब २ दिन मात्र बाँकी छ।

    निर्वाचन आयोगका प्रवक्ता (सहसचिव)नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउनेछन्।

    निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ।

    ‘निर्वाचन प्रयोजनका लागि हिजो ९सोमबार० बेलुकीसम्म ६४ दल दर्ता भएका छन्’, प्रवक्ता भट्टराईले भने, ‘अब दल दर्ता गराउने समय आज र भोलि मात्र बाँकी छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार