Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • अब चुनावको टिकटमा देउवाको हस्ताक्षर हुँदैन: गगन थापा


    सोमबार, मंसिर ८ २०८२
    515
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापाले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने बताएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै महमन्त्री थापाले पार्टीका नेताहरूले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने होरु भनेर सोधिरहेको भन्दै उनले यो नहुने बताएका हुन्।

    थापाले विधान बमोजिम विशेष महाधिवेशन हुने र उक्त महाधिवेशनबाट नयाँ सभापति निर्वाचित हुने बताए। टिकटमा तीनै नयाँ सभापतिको हस्ताक्षर हुने पनि थापाको भनाइ छ।

    ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?

    मैले भने- होइन,’ उनले भने, ‘साथीहरूले फेरी सोध्नुभयो कसरीरु मैले भनेँ, प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

    फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। उनले यसै कारणका लागि आफूले निर्वाचनअघि महाधिवेशन हुनुपर्छ भन्दै आएको पनि स्पष्ट पारेका छन्। थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि आग्रह गरे।

    ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौ’ उनले भनेका छन्।

    कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार