Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक


    सोमबार, मंसिर ८ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएसँगै सिंहदरवारमा कर्मचारीयन्त्रमा नयाँ नेतृत्वको चर्चा शुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मध्यान्ह ३ बजे बस्न लागेको बैठकले मन्त्रालयका केही नियमित एजेन्डासँगै स्थायी सरकारसमेत मानिने प्रशासनिक संरचनाको सर्वोच्च पद-मुख्यसचिव नियुक्ति पनि गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

    हालका मुख्यसचिव एकनारायण अर्याल मङ्गलवार(भोलि)राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। यससँगै रिक्त हुँदै गरेको पदमा नयाँ मुख्यसचिव आजै नियुक्त गर्ने सरकारको सम्भावना प्रबल रहेको ती स्रोतले विशेष ब्युरोलाई जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार