Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलायो


    सोमबार, मंसिर ८ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।

    राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

    छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ ।

    समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार