काठमाडौँ। व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरूलाई सम्मान पत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो ।
वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना-प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषिरपशुजन्यस् पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएका छन् । स्वास्थ्यरशिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटेल सम्मानित भएका छन् ।
वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्य स्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।
व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् । ५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रूपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend