सर्लाही । भारत–नेपाल सीमामा जोडिएको सर्लाही जिल्लामा तस्करी खुलेआम बढ्दो छ । नियन्त्रणका लागि खटाइएका प्रहरी आफैं तस्करका संरक्षकमा बदलिँदा प्रशासनको विश्वसनीयता गम्भीर रूपमा प्रश्न उठेको स्थानीय स्रोतहरूको आरोप छ ।
नेपाल प्रहरीको उपस्थितिमाझैँ दैनिक लाखौँ रुपैयाँ बराबरका सामग्री सीमा पार हुँदै आएका छन् । सादा पोसाकमा खटाइएका घुमुवा प्रहरीहरूले तस्करहरूसँग मिलेमतो गर्दै ‘लाइन खोल्ने’ काम बढाएको दाबी छ ।
सर्लाहीमा अहिले घुमुवा असई रामप्रवेश यादव, सहायक प्रहरी हवल्दार रन्जेश पटेल, मजरुल होदा र प्रहरी जवान राजिव पटेलको नाम तस्करी गतिविधिमा प्रत्यक्ष रूपमा जोडिँदै आएको स्रोतको भनाइ छ । तिनले तस्करहरूसँग छुट्टै मोबाइलमार्फत् सम्पर्क, रकम उठाउने र अवैध कारोबार सहज पार्ने कार्य गर्दै आएका छन् । उनीहरूको नेटवर्ककै कारण जिल्लाभरिका धेरै नाका तस्करीका खुला मार्ग बनेका छन् ।
भारतको बिहारमा सम्पन्न विधानसभाका कारण केही समय सीमा पूर्णरूपमा बन्द हुँदा तस्करी केही दिन स्थिर भएको थियो । तर निर्वाचन सकिएलगत्तै पुनः तीव्र गतिमा सञ्चालनमा आएको छ । अहिले विभिन्न नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा सामान ओसारिने क्रम बढ्दो छ ।
सर्लाहीका नाकामार्फत् चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयरका सामान, बालुवा, गिट्टी लगायतका वस्तुहरू अवैधरूपमा ओसारिन्छन् । भाइलोगबाट सोहरवाका तस्करदेखि सेराजुल मिकरानीसम्म सबैले सीमाक्षेत्रमा बलियो जालो बुनेका छन् ।
बलराका नवीन चौधरी कबाड र ब्याट्रीको लाइन चलाउँछन् । इनर्वाका विजय दास तत्मा र पुकार ठाकुर पर्सा–सखुआवा नाकाबाट कपडा तस्करी गर्छन् । पर्साका सरोज साह सोनार पनि सोही नाकाबाट कपडाको कारोबार गर्छन् ।
मलङ्वाबाट काठमाडौं जाने पृथ्वी बस र अन्य सवारीसाधनहरूमा कपडा, काजु र स्पेयर पाट्र्स ओसारिने गरेको छ ।
संग्रामपुर नाकाकी सोभा मैडम स्कुटीमार्फत् किराना सामान तस्करी गर्छिन् भने त्रिभुवन नाकाका सुजित यादव लोकल बसमार्फत् किराना पठाउने गर्छन् । जितेन्द्र किराना र मलखाद, राजा हार्डवेयर, तीन बहिनीले लोकल बसमार्फत् किराना–सामग्री पठाउने गर्छन् । ‘मैडम’ नामले चिनिने अर्की महिलाले काजु–किसमिस ओसार्ने गर्छिन् ।
लालबन्दीका शेखर गुप्ता अटोमार्फत् किराना र हार्डवेयर पठाउँछन् । त्रिभुवन नगरका हुसैनी कपडाको ठूलो लाइन चलाउने तस्कर मानिन्छन् । बरहथवाका राजेश यादव सुपारी, कपडा, किराना तथा हार्डवेयरका बस्तुहरू तस्करी गर्छन् । गम्हरियाका बिजय साह कलवार भाडसर नाकाबाट कपडा तान्ने गर्छन् ।
खैरवाका बुधु यादव छन्किटोला नाकाबाट रङ्गाको तस्करी गर्छन् भने सोही क्षेत्रका रामइश्वर बलरा–छन्कि नाकाबाट कपडाको ओसारपसार गर्छन् ।
त्यस्तै मनोज, सिकिन्दर र सोपिन्दरले गडहिया–खैरवा–बाध हुँदै रौतहटको धरमपुर पुलतर्फ कपडा तथा बहुमूल्य सामग्री तस्करी गर्ने गरेका छन् ।
बयलबासकी बबिताले अटोमार्फत कपडा र किराना सामान तस्करी गर्दै आएकी छन् । स्थानीयका अनुसार, बबिता त्यस्तै महिला हुन् जसलाई रोक्न प्रहरी आफैं डराउँछन्, किनकि धेरै प्रहरीलाई फोनमार्फत् धम्क्याउने र ब्ल्याकमेल गर्ने गरेको तथ्य बाहिर आइसकेको छ । यही कारण उनको गतिविधि नियन्त्रणमा ल्याउन प्रशासन कमजोर देखिएको आरोप छ ।
स्रोतका अनुसार यी सम्पूर्ण तस्करी नेटवर्कको ‘सेटिङ मास्टर’ सादा पोसाकमा खटाइएका प्रहरी रन्जेश पटेल, मजरुल होदा र राजिव पटेल नै हुन् । तस्करी नियन्त्रणका लागि पठाइएका प्रहरी आफैं तस्करका संरक्षक बनेपछि सर्लाहीमा ‘सेटिङको शासन’ चलेको स्थानीयको आरोप छ ।
पटक–पटक उजुरी दिइए पनि देखावटी कारबाहीमै सीमित भएकाले प्रहरीले तस्करी नियन्त्रण गर्ने इच्छाशक्ति नै नराखेको आरोप स्थानीय बासिन्दाहरूको छ । परिणामस्वरूप सर्लाही अहिले सीमापार तस्करीको प्रमुख केन्द्रका रुपमा उभिँदै गएको छ ।
सर्लाही प्रहरीकै संरक्षणमा हरिवन नगरपालिका वडा नम्बर ३, डाबरीमा जुवा अखाडा चलिरहेको छ । जुन जुवा अखाडामा दैनिक लाखौं लाख हारजीत हुने गरेको छ । राजु लोप्चन र नागेन्द्र चौधरीको उक्त जुवा अखडाबाट घुमुवाहरुले हप्तावारी सेटिङ गर्दैआएका छन् ।
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend