Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेस सरकार गठन विरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र निरौलाको इजलासमा


    आइतबार, कार्तिक ३० २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ।

    मधेसका सांसदले दिएको रिटमाथिको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो। प्रदेश प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले रिट दायर गरेका थिए।

    उनीहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधान विपरित भएकाले खारेज गर्न माग गरेका छन्। मधेस प्रदेशकी तत्कालीन प्रदेश प्रमुख सावित्रा भण्डारीले सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री यादवको शपथग्रहण पनि होटलमा गरिएको थियो।

    त्यसका विरुद्ध मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दल आन्दोलनमा छन्। उनीहरूले दैनिक प्रदेश सभा अगाडि प्रदर्शन गर्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार