महोत्तरी । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया (बजार)मा यी सामग्रीको बजार जमेको हो ।
महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ यी सामान बिक्री भइरहेका छन् ।
मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ । पर्वविशेषले यस्ता सामग्रीको माग बढ्दा अहिले काम भ्याइनभ्याइ भएको भङ्गाहा–४ रामनगरका ५० वर्षीय काशी मुखिया बिन बताउनुहुन्छ ।
“अरु बेला यी सामान बिक्दैनन्, प्लाष्टिकका सामान प्रयोग बढ्यो । दीपावली र छठमा बाँसकै भाँडा चाहिने चलनले माग बढेको हो”, काशी भन्नुहुन्छ, “बाबुबाजेले सिकाएका काम हुनाले मेरो पुस्तासम्मले गर्दैछौँ, छोरा–भतिजाले भने यो काम सिक्न ध्यान दिएनन् ।” पहिलेपहिले दैनिक प्रयोजनमै यी सामान चलाइने हुँदा बाबुबाजेले यही पेसाबाट गुजारा गरे पनि अब भने यसको माग दीपावली र छठमा मात्र हुने गरेको उहाँको भनाइ छ ।
पर्वविशेषको मागमात्र हुने भए पनि यसबेला यी सामान बनाएर बेचिएको पैसाले झण्डै तीन–चार महिनाको गुजारा चल्ने गरेको बिन र डोम समुदायका पाका व्यक्ति बताउँछन् । “यसैबेला कमाएको नगदले आवश्यकता पूरा गर्छौँ”, छिटीसहितका यी सामान बेच्न गौशालाबजार पुग्नुभएकी बर्दिबास–१ की पारो मरिक (डोम)ले भन्नुभयो, “यही पर्वको कमाइले केही महिनाको गुजारा र धियापुता (घरका ससाना नानीहरु)को खाने, खेल्ने रहर पूरा गर्छौँ ।”
पर्वले गर्दा बाँस खोज्न जाने, फटाउने (चिर्ने), चोया र कप्टेरा बनाउने तथा मागअनुसारका सामान बनाउन भ्याइनभ्याइ छ । बनिसकेका सामान बजार पुर्याउनसम्मका काम सकेपछि बल्ल केही नगद हात पर्ने गरेको जलेश्वर–१ का रतन मरिकले बताउनुभयो । सीप भएका बिन र डोम अहिले दिनरात नभनी काममा छन् । यो क्रम छठपर्व सुरु हुने दिनसम्म चल्छ । (रासस)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend