??????? ???????? ??????
???????, ?? ????? ??????? ?????????? ????? ??????? ??????? (??????? ????????)?? ?????? ?????? ????? ?????? ????? ?????? ?????? ? ??????? ?????? ??????? ?????
जलेश्वर (महोत्तरी। तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।
झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले बताउनुभयो ।
दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुडा र दियो बिक्री गर्ने कुमालहरु अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाले गर्दा माटोको भाँडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताउनुभयो ।
पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितले बताउनुभयो ।
पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरु बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताउनुभयो । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुडाहरु तराई मधेसमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।
माटोका सामग्रीहरु बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरु आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताउनुभयो । सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरुले अझै माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरुले जसोजतो ती सामग्रीहरु बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताउनुभयो । (रासस)
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend