म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा चौध जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरूको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल, रीता छन्त्याल, नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको अस्पतालले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र जीपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो । दुर्घटनामा परेकाहरूको स्थानीयवासी, जनप्रतिनिधि र नगर प्रहरी र सुरक्षाकर्मीहरूले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । (रासस)
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend