काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा संगीता कौशल मिश्र सिफारिस भइसकेकी छन् । मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस भएपछि उनलाई मन्त्रालयकै एक समूह हात धोएर लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आफ्नो समूहलाई नै परिचालन गरेर सामाजिक संजालदेखि मिडियासम्म मिश्रबिरुद्ध माहौल सिर्जना गरिरहेका छन् ।
मिश्रका बिगतका कामकारबाहीलाई उछालेर उनलाई मन्त्री बन्नबाट रोक्न देवकोटा निकै सक्रियताका साथ लागेका छन् । नेपालको इतिहासमै पहिलो पटक चिकित्सा क्षेत्रको मधेशी महिला स्वास्थ्य मन्त्रीमा नियुक्ति हुनु सो क्षेत्रका लागि गौरबको बिषय भए पनि उनलाई रोक्न मन्त्रालयका सचिव नै अग्रसर हुनुलाई इष्र्याका रुपमा लिइएको छ ।
मिश्र बरिष्ठ हुँदाहुँदै देवकोटालाई सचिवमा बढुवा गरिएको थियो । सो इगो मिश्रले साँध्लिन् भन्ने त्रासले उनलाई मन्त्री पदमा देख्न चाहँदैनन् । मिश्रका केही पूर्वसहकर्मीहरुले समेत देवकोटालाई साथ दिंदै उनलाई मन्त्रीमा रोक्न सक्रियतापूर्वक लागेका छन् ।
स्वास्थ्य मन्त्रीमा डा.संगीता मिश्रको नियुक्तिको चर्चापछि यतिबेला स्वास्थ्यकर्मी तथा आम जनतामा आसा पलाएको देखिन्छ ।
स्वच्छ छवि, निडर, हक्की र स्वास्थ्य सेवाको हरेक आयाम बुझेकी डा. मिश्रले बिराटनगर अस्पताल, प्रसूतिगृहको प्रमुख हुँदा उत्कृष्ट कार्यसम्पादन गरेकी थिइन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हँुदा उल्लेख्य सुधारका काम गरेकी डा. मिश्रले कोभिड–१९ महामारीको समयमा कोशी अस्पताल विराटनगरमा अग्रमोर्चामा रहेकी थिइन् । जहाँ उनले संक्रमितहरूको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई यौन तथा प्रजनन स्वास्थ्य(सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ) को विशेषज्ञ समेत मानिन्छ ।
मिश्र मन्त्री भएपछि नेपालको स्वास्थ्य समयानुकूल परिवर्तन गरी आम जनतामा आशा पलाउने स्वास्थ्यका बिज्ञहरुको भनाइ छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend