Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डाक्टर मिश्र मन्त्री हुने भएपछि स्वास्थ्य क्षेत्र उत्साहित


    सोमबार, असोज ६ २०८२
    730
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा संगीता कौशल मिश्र सिफारिस भइसकेकी छन् । मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस भएपछि उनलाई मन्त्रालयकै एक समूह हात धोएर लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आफ्नो समूहलाई नै परिचालन गरेर सामाजिक संजालदेखि मिडियासम्म मिश्रबिरुद्ध माहौल सिर्जना गरिरहेका छन् ।

    मिश्रका बिगतका कामकारबाहीलाई उछालेर उनलाई मन्त्री बन्नबाट रोक्न देवकोटा निकै सक्रियताका साथ लागेका छन् । नेपालको इतिहासमै पहिलो पटक चिकित्सा क्षेत्रको मधेशी महिला स्वास्थ्य मन्त्रीमा नियुक्ति हुनु सो क्षेत्रका लागि गौरबको बिषय भए पनि उनलाई रोक्न मन्त्रालयका सचिव नै अग्रसर हुनुलाई इष्र्याका रुपमा लिइएको छ ।

    मिश्र बरिष्ठ हुँदाहुँदै देवकोटालाई सचिवमा बढुवा गरिएको थियो । सो इगो मिश्रले साँध्लिन् भन्ने त्रासले उनलाई मन्त्री पदमा देख्न चाहँदैनन् । मिश्रका केही पूर्वसहकर्मीहरुले समेत देवकोटालाई साथ दिंदै उनलाई मन्त्रीमा रोक्न सक्रियतापूर्वक लागेका छन् ।

    स्वास्थ्य मन्त्रीमा डा.संगीता मिश्रको नियुक्तिको चर्चापछि यतिबेला स्वास्थ्यकर्मी तथा आम जनतामा आसा पलाएको देखिन्छ ।

    स्वच्छ छवि, निडर, हक्की र स्वास्थ्य सेवाको हरेक आयाम बुझेकी डा. मिश्रले बिराटनगर अस्पताल, प्रसूतिगृहको प्रमुख हुँदा उत्कृष्ट कार्यसम्पादन गरेकी थिइन् ।

    स्वास्थ्य सेवा विभागको महानिर्देशक हँुदा उल्लेख्य सुधारका काम गरेकी डा. मिश्रले कोभिड–१९ महामारीको समयमा कोशी अस्पताल विराटनगरमा अग्रमोर्चामा रहेकी थिइन् । जहाँ उनले संक्रमितहरूको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई यौन तथा प्रजनन स्वास्थ्य(सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ) को विशेषज्ञ समेत मानिन्छ ।
    मिश्र मन्त्री भएपछि नेपालको स्वास्थ्य समयानुकूल परिवर्तन गरी आम जनतामा आशा पलाउने स्वास्थ्यका बिज्ञहरुको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार