‘भ्रष्टाचार हामी सहन्नौँ कहिल्यै
सहन्नौँ घुसखोरी
यो देशको मुहार फेर्नलाई आयौँ
जनताका छोराछोरी…’
हालैको ‘जेनजी’ आन्दोलनले उठाएको माग र मुद्दालाई गायक विनम्र खत्रीले गीतमा यसरी मुखरित गर्नुभएको छ । बिहीबार युट्युबमा सार्वजनिक ‘हामी जेनजी पुस्ता’ गीतमा उहाँले ‘जेनजी’ पुस्ताको मनोभावलाई उजागर गर्नुभएको हो । भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानताको मागसहित सुरु भएको ‘जेनजी’ आन्दोलनको उद्देश्य हिंसा र अराजकता नभएकोतर्फ इङ्कित गर्दै गायक खत्री भन्नुहुन्छ –
‘विध्वंस हाम्रो नीतिमा छैन, न नीति लुट्ने धन
जनताको मर्म बुझ्दछ जसले उसैलाई समर्थन…’
गीतमा राष्ट्रियता र देशप्रेम झल्किएको छ । युवाहरूका आकाङ्क्षा र अठोट प्रतिबिम्वित छ । ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएकाहरुको बलिदानलाई खेर जान नदिने सङ्कल्प छ । गीतले भन्छ –
‘हजुरबुबा तपाइँले देख्नु’भो नातिको बलिदान
जानलाई खेर दिँदैनौ हामी साथीको बलिदान…’
मुलुकमा व्याप्त बेथिति र विसङ्गतिका विरुद्ध सडकमा ओर्लिएका ‘जेनजी’ पुस्ताको आवाजलाई गायक खत्रीले गीतमा माध्यमबाट प्रस्तुत गर्नुभएको छ । युवा भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार हुन् र उनीहरु नै भोलिको देश हाँक्ने पिँढी हुन् भन्ने यथार्थलाई गीतले आत्मसात् गरेको छ । गीतमा प्रयुक्त शब्दमा युवाको देशप्रेमको भाव यसरी प्रस्फुटित भएको छ –
‘हिम्मत कहिल्यै हार्दैनौँ हामी न कहिल्यै थाक्नछौँ
माटोको कसम खाएर देशको शिर उच्च राख्नछौँ…’
‘सुमधुर क्रियसन’ले प्रस्तुत गरेको उक्त गीतमा शब्द र सङ्गीत गायक विष्णु खत्रीले दिनभएको छ । उहाँकै युट्युब च्यानलबाट सार्वजनिक गीतले हालसम्म २१ हजार बढी ‘भ्यूज’ पाएको छ । विमल चिनालले गीतको सङ्गीत संयोजन गर्नुभएको छ । गायक विनम्र खत्रीलाई स्वरमा अमरदीप विसी, सुदीप सिञ्जाली मगर, निर्मला मगर र रुवी सिञ्जाली मगरले साथ दिनुभएको छ । (रासस)
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend