रौतहट । सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित वि.ओ.पि.का इञ्चार्ज इन्स्पेक्टर खेमराज जोशी सहितको टोलीले खानतलासी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो।
खोजतलासको क्रममा ईशनाथ–४ स्थित राम सिंह चनौको भट्टी पसल छेउमा रहेको चुमन मियाको धान खेतमा अबैध रुपमा भण्डारण गरी राखिएको ३० बोरा (करिब ७४५ केजी) सुर्ती तथा सुर्तिजन्य पदार्थ फेला परेको एसपी बस्नेतले बताएका छन्।
बरामद गरिएको सामग्रीको अनुमानित मूल्य करिब ३ लाख ६२ हजार ७५० बराबर हुने बताइएको छ।
सशस्त्र प्रहरीले बरामद गरेको सुर्ती आवश्यक कानूनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। रौतहट, बारा,पर्सा, सर्लाही लगायतका तराई–मधेसका सीमावर्ती क्षेत्रहरू अबैध सुर्ती, मदिरा तथा अन्य उपभोग्य वस्तुहरूको भण्डारण र तस्करीका लागि संवेदनशील मानिन्छन्।
भारतीय बजार नजिकै भएकाले सस्तोमा सामान भित्र्याई नेपालमा बिक्री वितरण गर्ने कार्य बढ्दो छ। यसरी पटक–पटक ठूलो परिमाणमा सुर्ती बरामद हुनु भनेको सीमामा अझ कडाइ आवश्यक रहेको स्पष्ट सन्देश हो। साथै, स्थानीय भट्टी, पसल र खेतहरूलाई भण्डारण स्थलको रूपमा प्रयोग गरिएकोले निगरानी संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend