बीरगञ्ज । प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंहले बीरगञ्जमा फैलिएको हैजाको महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र निकायलाई परिचालन गरिसकेको बताएका छन् ।
बीरगञ्जमा आइतबार बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापना समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री सिंहले हैजा महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराए ।
स्वास्थ्य महाशाखाको आपूर्ति प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुर नेतृत्वको छुट्टै टोली पनि बीरगञ्जमा परिचालन गरिसकिएको उनले बताए ।
मन्त्री सिंहले भने–‘वीरगन्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं । बिरामीको उपचारमा कुनै पनि कमी वा लापरबाही हुन दिंदैनौं । यसका लागि औषधि, उपकरण र जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’
उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए । नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अधिकृत चिकित्सक, १० जना पारामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाइसकेको उनले बताए ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसँगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउँदै जाने पनि उनले बताएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend