Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चिनिया राष्ट्रपति सी जिङफिङ ल्हासामा


    बुधबार, भाद्र ४ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका राष्ट्राध्यक्ष सी जिङफिङ यस क्षेत्रको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका छन्।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्राध्यक्ष सी र प्रतिनिधिमण्डललाई सिजाङका विभिन्न जातीय समूहका मानिसहरूले विमानस्थल र ल्हासा सहरमा भव्य स्वागत गरेका थिए।

    सीको साथमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ र केन्द्रीय प्रतिनिधिमण्डलका प्रमुखका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महाकार्यालयका निर्देशक काई छी पनि छन्। वाङ र काइ दुवै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार