काठमाडौं । आपराधिक पृष्ठभूमि भएका राजु गोर्खाली पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई आज (आइतबार) पक्राउ गरेको एसपी अपीलराज बोहोराले जानकारी दिए।
उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
गोर्खाली यसअघि पनि १० वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। ०५८ सालमा काठमाडौँको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भएका थिए। उनैले प्रहार गरेको तरबारले लागेर लिम्बूको ज्यान गएको थियो।
यी प्रकरणमा उनी जेल परेका थिए। त्यसबाहेक पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्। उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend