Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० करोडको चेक बाउन्स आरोपमा राजु गोर्खाली पक्राउ


    आइतबार, भाद्र १ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आपराधिक पृष्ठभूमि भएका राजु गोर्खाली पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई आज (आइतबार) पक्राउ गरेको एसपी अपीलराज बोहोराले जानकारी दिए।

    उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ।

    गोर्खाली यसअघि पनि १० वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। ०५८ सालमा काठमाडौँको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भएका थिए। उनैले प्रहार गरेको तरबारले लागेर लिम्बूको ज्यान गएको थियो।

    यी प्रकरणमा उनी जेल परेका थिए। त्यसबाहेक पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्। उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार