सर्लाही । कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा देशभर टप गर्न सफल भएका सुरज अधिकारी अहिले सम्पूर्ण देशभरका विद्यार्थीका लागि प्रेरणाको श्रोत बनेका छन् । विज्ञान संकायमा ३.९६ जिपिए ल्याएर बोर्ड टपर बनेका सुरज सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् ।
२०६४ साल चैत २१ गते काठमाडौँमा जन्मिएका सुरजका बाबु रामपुजन राय र आमा धर्मशिला कुमारी यादव हुन् । हाल उनी ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा परिवारसँग बस्दै आएका छन् । सुरजले एसईई परीक्षा अक्सिडेन्टल पब्लिक स्कूल, अनामनगरबाट ३.८५ जिपिएसहित उत्तीर्ण गरेका थिए भने प्लस टु अध्ययन लिभरपूल इन्टरनेशनल कलेज, नयाँबानेश्वरबाट गरेका थिए ।
साधारण मध्यम बर्गीय पृष्ठभूमिबाट आएका सुरजको सफलता सहज थिएन । उनले मोबाइल र सामाजिक सञ्जालबाट टाढा रहँदै अध्ययनमा निरन्तरता दिएका थिए । अनुशासन, नियमितता र आत्मविश्वासले नै उनलाई यो उचाइमा पुर्याएको हो ।
‘मैले कहिल्यै अरूसँग प्रतिस्पर्धा गरिनँ, सधैं आफैंसँग गरेँ, सुरज भन्छन् ‘आजको म हिजोको भन्दा राम्रो बन्न सक्छु भन्ने सोच नै मेरो प्रेरणा बन्यो ।’
राजधानी केन्द्रित शिक्षा प्रणालीको मानसिकतालाई तोड्दै ग्रामीण भेग सर्लाहीबाट आएका सुरजको राष्ट्रियस्तरमा देखिएको उत्कृष्टताले शिक्षा क्षेत्रमा नयाँ सन्देश दिएको छ । उनी भविष्यमा चार्टर अकाउन्टेन्ट पढ्न चाहन्छन् र नेपालमै रहेर समाज तथा देशका लागि योगदान गर्न चाहने इच्छा व्यक्त गर्छन् ।
उनको सफलतामा परिवार, कलेज, जिल्ला र सम्पूर्ण देश गौरवान्वित भएको छ । सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले उनलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन् । सुरज अधिकारी अहिले देशभरका लाखौं विद्यार्थीका लागि उज्यालो प्रेरणाको प्रतिक बनेका छन् ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend