Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सिरहामा कटुवा पेस्तोलसहित तीन जना पक्राउ


    बुधबार, साउन २१ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिराहा । प्रहरीले नरहा गाउँपालिका-३ खोरियाटोलबाट एक जनालाई कटुवा पेस्तोलसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपूर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषिनाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओमशंकर यादव र कमलाबारी फुलकाहा बस्ने १९ वर्षीय आकाशकुमार मण्डल रहेका छन्।

    इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले भारतबाट गोलबजारतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु १८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार