सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर झुटा मुद्दा लगाएको गम्भीर आरोप लगाएका छन् ।
आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे ।
उनले आफूमाथि लगाइएको ‘आपराधिक उपद्रव’ को मुद्दा नियोजित र कपोकल्पित भएको दाबी गर्दै भने–“मैले पूर्वाधार कार्यालयमा भइरहेको अनियमितताको विषय उठाएँ, त्यसपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’ भने । त्यो भ्वाइस रेकर्ड मसँग छ, फरेन्सिक जाँच गरौँ । एउटा जनप्रतिनिधिलाई यत्रो अपमान ?”
पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा देखिएका यादवले राति १२ बजे घरमा प्रहरी पुगेर छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपसमेत लगाए । “के राज्यले प्रहरीलाई नागरिकको सुरक्षा गर्न पठाएको हो कि राति घरमै डकैती गर्न?” उनले प्रश्न गरे ।
यादवले आफूलाई मधेसी भएकै कारण निशाना बनाइएको आरोप लगाए । “हामी मधेसी छौं, कमजोर छौं, त्यसैले प्रहरी प्रशासनको मनोबल बढेको छ,” उनले भने, “यदि म पहाडी समुदायको हुन्थेँ भने यस्तो घटना भएपछि कारबाही भइसक्थ्यो ।”
प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि ‘फरार’ भएको भन्ने आरोपको खण्डन गर्दै यादवले आफू छोराको उपचारका लागि बाहिर गएको स्पष्ट पारे । उनले चेतावनी दिँदै भने–“एउटा अशोक यादवलाई दबाएर हजारौं अशोक यादव जन्मन्छन् ।”
उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए । “यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,” यादवले भने, “अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ ।”
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेकै बेला त्यहाँ अनियमितता भएको भन्दै जसपा नेता यादव र एसपी खड्काबीच फोनमा चर्को भनाभन भएको थियो । त्यसपछि यादवलाई पक्राउ गर्न प्रहरी टोली उनको घर पुगेको थियो । तर, स्थानीयबासीले प्रहरीको गाडीमा तोडफोड गरेका थिए ।
उक्त घटनापछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ को मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो । यता, जसपा सहित सर्लाहीका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । उनीहरूले एसपी खड्कामाथि कारबाहीको समेत माग गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend