Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


    बिहिबार, बैशाख २७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    हालै बिभाजन भएको जसपा नेपालले वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको हो ।

    बैठकमा पार्टीमा हालै देखिएको विभाजन तथा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने विषयमा छलफल हुने बताइएको छ ।

    वरिष्ठ नेता अशोक राईले ७ सांसदलाई लिएर जसपा गठन गरेपछि जसपा नेपालले आगामी रणनीति बनाउँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार