काठमाडौं । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। कास्की प्रहरीको टोलीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका९१० बिरौटाबाट तीन जनालाई पक्राउ गरेको हो।
शंकास्पद रूपमा विदेशी रुपैयाँ विनिमय गरिरहेको सूचनाका आधारमा गएको टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमदसहितलाई पक्राउ गरेको हो।
अन्य पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी रहेका छन्। पोखरा–६ बैदाम बस्दै आएका उनी हिलारी मनि चेन्जरका सञ्चालक हुन्। यस्तै, प्रहरीले पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको छ। उनी सगरमाथा मनी चेन्जरका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
तीनै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको जनाएको छ। कास्की प्रहरी प्रमुख श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली बरामद भएको छ।
यस्तै, अमेरिकी डलर १९ हजार ६००, युरो ३ हजार २०० बरामद भएको छ। हालको मुद्रा दर अनुसार बरामद रकम जम्मा ७५ लाख ९६ हजार ९०० रहेको ओलियाले बताए। पक्राउ परेका महुमुद्दिन रुपन्देही तथा पोखरामा रेष्टुरेन्ट व्यवसायी गर्ने व्यक्ति हुन्। उनी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गर्छन्।
बुढाथोकी २० वर्षदेखि लेकसाइटमा मनी चेन्जर सञ्चालन गरिरहेका व्यक्ति हुन्। उनले विदेशी मुद्राको अवैध सटहीको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ। यस्तै, पौडेल विगत १४ वर्षदेखि लेकसाइडमा मनी एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध रुपमा विदेशी मुद्रा सटहरी सम्बन्धी काम गरिरहेको प्रहरीको भनाइ छ।
उनीहरूलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ अनुसार विदेशी मुद्रा विनिमय गरेको कसुरमा अनुसन्धान थालिएको छ।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend