Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सम्पर्कविहीन २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह


    आइतबार, साउन ११ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

    नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज (आइतवार) सूचना जारी गर्दै गैर हाजिरी रहेका २२ जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

    गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।

    लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार