Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समयमै काम सम्पन्न नगर्ने यी ६ निर्माण कम्पनी कालो सूचीमा


    शुक्रबार, साउन ९ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    अब ती निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार