काठमाडौं । गायक रामचन्द्र काफ्ले र गायिका भावना आचार्यको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।
गायिका आचार्य स्वयमको शब्द तथा संगीत सृजना रहेको सार्वनिजक गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ। हिन्दु नारीहरुको महान पर्व तिज नजिकिँदै गर्दा सार्वजनिक गरिउको गीतको भिडियोमा गायिका भावनाले समयमा नै विबाह गर्न भन्दै रमाइलो शैलीमा महिला दिदीबहिनीलाई आग्रह गरेकी छन् ।
भिडियोमा नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडी खुबै सुहाएको छ। लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन्। भिडियोमा शिल्पा र नबिनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ ।
निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन बिनोद विष्टले गरेका हुन् । गायकनसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आँफै पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन् ।
भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend