सञ्जय मिश्रा
बीरगंज । फरार प्रतिवादीहरूको खोजी र नियन्त्रणका लागि पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियान निकै प्रभावकारी देखिएको छ।
अभियान अन्तर्गत प्रहरीले हालसम्म १५ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी ७३ बर्ष भन्दा बढी कैद र साढे ३ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ।
अदालत बाट दण्ड जरिवाना तोकिएर लामो समयदेखि भारत र नेपालको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका अपराधीहरूलाई नियन्त्रणमा लिने क्रम तीव्र बनाइएको छ।
नेपाल प्रहरीको केन्द्रीय निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी गौतम मिश्रको विशेष रणनीति अनुसार खोजी कार्य अघि बढाएको हो। विभिन्न अदालतहरूमा मुद्दा दर्ता भई सजाय भोग्न बाँकी रहेका प्रतिवादीहरू वर्षौंसम्म फरार रहँदा पीडितहरूले न्याय पाउन नसकेको गुनासो बढ्दै आएको थियो।
समाजमा अराजकता फैलिन नदिन र न्याय प्रणालीमा जनविश्वास कायम राख्न प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको हो। गत साउनदेखि हालसम्म प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट १५ सय ११ जना प्रतिवादी लाई पक्राउ गरेको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई अदालतका फैसलाअनुसार ७३ वर्ष २ महिनाको कैद सजाय र कुल रु. ३करोड,५५, १२हजार,९५६ रुपैया बराबरको जरिवाना असुल गरिएको एसपी मिश्रले बताएका छन् ।
एसपी मिश्रका अनुसार अब कुनै पनि राजनीतिक दबाब वा पहुँचका आधारमा फरार अपराधीहरू छुट्ने छैनन्। बाँकी रहेका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न अभियान अझै तीव्र रूपमा अगाडि बढाइने जनाइएको छ।
प्रहरीको यो सक्रियता जनसुरक्षा र कानुनी शासनको दृष्टिले सराहनीय पहलका रूपमा लिइएको छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend