सञ्जय मिश्रा
बीरगंज । फरार प्रतिवादीहरूको खोजी र नियन्त्रणका लागि पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियान निकै प्रभावकारी देखिएको छ।
अभियान अन्तर्गत प्रहरीले हालसम्म १५ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी ७३ बर्ष भन्दा बढी कैद र साढे ३ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ।
अदालत बाट दण्ड जरिवाना तोकिएर लामो समयदेखि भारत र नेपालको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका अपराधीहरूलाई नियन्त्रणमा लिने क्रम तीव्र बनाइएको छ।
नेपाल प्रहरीको केन्द्रीय निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी गौतम मिश्रको विशेष रणनीति अनुसार खोजी कार्य अघि बढाएको हो। विभिन्न अदालतहरूमा मुद्दा दर्ता भई सजाय भोग्न बाँकी रहेका प्रतिवादीहरू वर्षौंसम्म फरार रहँदा पीडितहरूले न्याय पाउन नसकेको गुनासो बढ्दै आएको थियो।
समाजमा अराजकता फैलिन नदिन र न्याय प्रणालीमा जनविश्वास कायम राख्न प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको हो। गत साउनदेखि हालसम्म प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट १५ सय ११ जना प्रतिवादी लाई पक्राउ गरेको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई अदालतका फैसलाअनुसार ७३ वर्ष २ महिनाको कैद सजाय र कुल रु. ३करोड,५५, १२हजार,९५६ रुपैया बराबरको जरिवाना असुल गरिएको एसपी मिश्रले बताएका छन् ।
एसपी मिश्रका अनुसार अब कुनै पनि राजनीतिक दबाब वा पहुँचका आधारमा फरार अपराधीहरू छुट्ने छैनन्। बाँकी रहेका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न अभियान अझै तीव्र रूपमा अगाडि बढाइने जनाइएको छ।
प्रहरीको यो सक्रियता जनसुरक्षा र कानुनी शासनको दृष्टिले सराहनीय पहलका रूपमा लिइएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend