Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सशस्त्र प्रहरीद्वारा ३ सय ८९ केजी गाँजा बरामद


    आइतबार, साउन ४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • राजबिराज । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोबाट साउन ४ गते करीव ३ सय ८९ केजी गाँजा बरामद भएको छ ।

    उक्त स्थानमा रहेको एक स्थानीयको घर नजिकैको बासँघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा सो गाँजा फेलापारेको हो ।

    सो स्थानमा गाँजा लुकाई छिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो, बीओपी बनैनियाको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार