Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतमा १५ तोला सुनका गहना र ७ लाख लुटेर आएका ६ जना कोहलपुरमा पक्राउ


    बुधबार, असार ३२ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारतबाट लुटपाट गरी आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कालिकोटको रासकोट नगरपालिका-१ बस्ने ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका-८ बस्ने १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका-९ बस्ने २८ वर्षीया सरिता शाही पक्राउ परेका हुन् ।

    उनीहरूलाई कोहलपुर नगरपालिका-११ स्थित होटेल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतबाट सुनका गहना र नगद चोरी गरी कोहलपुरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    होटेलको कोठा नम्बर ८ मा बसेका उनीहरूबाट १५ तोला सुनका गरगहना, नेपाली  ७ लाख ८७ हजार रकमसमेत बरामद गरिएको छ । उनीहरू रोजगारीको बाहनामा भारत जाने र त्यहाँ चोरी धन्दा गर्दै नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    हाल उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार