काठमाडौं । ज्ञानेश्वरको होटलबाट कोकिनसहित आइतबार पक्राउ परेका ५ जनामध्येका दिनेश चालिसेलाई छुटाउन उनका दाजु दिपेश चालिसे सक्रिय रुपमा लागेका छन् । दिनेश चालिसे चीनबाट भेप तस्करी गर्ने दिपेश चालिसेका भाइ हुन् । उच्च प्रहरी अधिकृतसँग पहुँच भएकाले दिपेशले दिनेशलाई दुब्र्यसनी बनाएर छुटाउने चलखेल गरिरहेका छन् ।
पक्राउ पर्नासाथ नै दिनेशलाई अस्पतालमा भर्ना गर्न लागिएको थियो । तर मिडियामा सूचना लिक भएकाले अस्पताल भर्ना गर्ने दिपेशको प्रयासलाई प्रहरीले साथ दिएन । अस्पतालमा भर्ना गर्न नसकेका दिपेश मुख्य अभियुक्त दिनेश चालिसेलाई सामान्य दुब्यर्सनी बनाएर छुटाउने चलखेलमा लागेका छन् ।
प्रहरी वृत्त मालिगाउँले ज्ञानेश्वरस्थित भगवती इन होटलमा छापा हानी काठमाडौंको बुढानीलकन्ठ नगरपालिकाका दिनेश चालिसे लगायत नवलपरासीका सतेन्द्रबहादुर भट्ट, सिन्धुपाल्चोककी आयुषा श्रेठ, सप्तरीका प्रकाश यादब र ललितपुरका सुव्रत अधिकारीलाई पक्राउ गरेको थियो ।

चालिसे कारोबारी र सेवनकर्ता दुवै भए पनि कोकिन खरिद गरिसकेपछिको अवस्थामा उनी पक्राउ परेका हुन् । कोकिन जस्तो लागूऔषध बिक्रीबितणको अपराधमा १५ वर्षभन्दा धेरै जेल सजाय हुने भएकाले उनी करोड खर्च गरेर भए पनि मुद्दालाई कमजोर पार्न सामान्य दुब्र्यसनी बनाएर दिनेशलाई छुटाउन प्रहरीमार्फत् चलखेल थालेका हुन् ।
प्रहरी बृत्त मालीगाउँका डीएसपी सुनिलजंग शाहले कोकिनसहित पक्राउ परेका दिनेश चालिसेसहितका ५ जनाको १० दिन म्यादथप भएको छ । उनीहरुमाथि अनुन्धान भइरहेको छ । उनले भने–बरामद कोकिनको परीक्षण गर्न ९० दिन लाग्छ ।
दिपेश र दिनेश चालिसेले लामो समयदेखि तातोपानी नाकाबाट भेप लगायत अवैध सामानको तस्करी गर्दैआएका छन् । कपडादेखि बिभिन्न सामानभित्र भेप राखेर उनीहरुले तस्करी गर्दैआएका छन् । जुन भेप भारत जाने गरेको छ ।
दिपेश चालिसे र दिनेश चालिसेले कतिपय ब्यक्तिसँग लिएको रकम समेत फिर्ता नगरेकाले उनीहरु प्रहरीमा जाहेरी समेत दिने तयारीमा छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend