जनकपुरधाम । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो प्रदेश बनेको छ मधेश । मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई प्रदान गरिएको छ ।
परिवार कल्याण महाशाखाका डा अभियान गौतमले मधेश प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले घोषणा सभामा बोल्दै देशमै मधेशलाई पहिलो प्रदेश बनाउन सहयोग गरेका स्वास्थ्यकर्मीहरुप्रति धन्यवाद व्यक्त गरे ।
स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर खोप लगाउनका लागि प्रेरित गर्नुका साथै ताकेता गरेको परिणाम स्वरुप मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको मन्त्री सिंहले थपे ।
खोपले नै समाज निरोग हुने भएकाले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा मन्त्री सिंहले जोड दिए । तोकेको समयमा बालबालिकालाई खोप लगाएर निरोग समाज निर्माणमा सहयोग पुर्याउन उनले सबैमा आग्रह पनि गरे ।
सो अवसरमा मधेश प्रदेशका मुख्य सचिव मदन भुजेलले स्वास्थ्यकर्मीहरुको मिहिनेत, समन्वय र सहकार्यले आज मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सफल भएको बताए । अव यसलाई दिगोपना दिनुपर्नेमा सबैको सहयोग आवश्यक छ, उनले भने–दिगोपना दिन सकेनौं भने घोषणको कुनै अर्थ हुँदैन । त्यसैले यसको दिगोपनामा जोड दिनुपर्छ ।
सो अवसरमा परिवार कल्याण महाशाखाका डा। गौतमले मधेश देशमै पहिलो हुन सफल भएकोमा सबैमा बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले खोप यसै वर्षका लागि होइन, आगामी दिनमा पनि संचालन गर्नुपर्ने भएकाले निरन्तरता जरुरी छ ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप सोझै स्वास्थ्यसित जोडिएकाले यसलाई प्रभावकारी रुपले अगाडि बढाउनुपर्नेमा जोड दिए । घोषणा भइसकेपछि स्वास्थ्यकर्मीहरु थप जिम्मेवार भएर खोप अभियान संचालन गर्नुपर्ने धारणा उनको थियो ।
घोषणा सभामा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले मधेशमा खोप कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । स्वास्थ्यकर्मीहरुको योगदानले मधेश आज देशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा हुन सफल भएकोमा सबैमा उनले धन्यवाद व्यक्त गरे ।
प्रदेश खोप समन्वय समिति, मधेश प्रदेशले आयोजना गरेको घोषणा सभामा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंह, प्रदेश खोप समन्वय समिति सदस्य डा. गरिबदास ठाकुर लगायतले मन्तव्य राखेका थिए ।
१५ महिनासम्मका १ लाख १५ हजार एक सय ३९ बालबालिका र १६ देखि २३ महिनासम्मका एक लाख १८ हजार सात सय ६८ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर अधिकृत लक्ष्मेश्वर झाले बताए ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend