Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय सुनवाइ समितिबाट तीन न्यायाधीश र न्यायपरिषद सदस्यको नाम अनुमोदन


    सोमबार, असार २३ २०८२
    985
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनुवाइ सकिएको १० औं दिनमा संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशसहित एक न्यायपरिषद सदस्यको नाम अनुमोदन गरेको छ ।

    आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल, शान्तिसिंह थापा तथा न्यायपरिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको हो ।समितिले तीनै न्यायाधीश र न्यायपरिषदमा नियुक्ति सिफारिस भएकाहरुको सुनुवाइ असार १३ गते नै सकेको थियो ।

    सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका पौडेल र थापा उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।

    सभापति इश्वरी न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्नमा जोड दिएकी छिन् । बैठकमा उपस्थित भएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियालाई समावेशी र समानुपातिक आधारमा सिफारिस गर्न पनि उनले निर्देशन दिएकी छिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार