विराटनगर । नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ।
फरक ढंगले चलचित्रको प्रचार-प्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकै साथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरू गरिएको हो।
हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
निर्माण पक्षका अनुसार चर्चित कलाकारहरू तथा सफल निर्देशकद्वारा निर्माण भएको यो चलचित्र भदौ ६ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने छ ।
विराटनगरसँगै कोशी प्रदेशका प्रमुख सहरहरू इटहरी, धरान, विर्तामोड लगायत देशभरका १२ स्थानमा एकसाथ पोस्टर सार्वजनिक गरिएको थियो ।
विराटनगरको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार भरत गुरागाईं रहेका थिए भने चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
पोस्टर सार्वजनिक कार्यक्रमको व्यवस्थापन चलचित्र पत्रकार संघ कोशी प्रदेशकी कोषाध्यक्ष रश्मी थापाले गरेकी थिइन् भने समन्वय चलचित्र पत्रकार संघ मोरङले गरेको थियो ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend