सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा काजु बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा मदनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाइछिपाइ ल्याइराखिएको काजु फेला पारेको हो ।
बरामद गरिएको काजुको तौल तथा मूल्य भने सार्वजनिक गरिएको छैन । प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चालकसहित ट्रक र काजु ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend