हेटौंडा । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले २०८२ असार ११ गते काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गर्यो ।
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरिएको थियो । बीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकराखेकोे अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा उक्त चरेश फेलापरेको थियो । उक्त ट्रकचालकले नै धादिङबाट आएको बयान दिएका छन् । पर्सा प्रहरीले बरामद गरेको चरेशको मूल्य प्रतिकेजी २५ देखि ३० हजारसम्म पर्ने प्रहरी स्रोत बताउँछ । ३ सय १९ किलो चरेशको मूल्य २५ हजारकै हिसाबले पनि करिब ८० लाख रुपैयाँ हुन्छ ।
११ भन्दा बढी चेकपोष्ट पार हुँदै चरेश बीरगंज पुग्यो ?
धादिङ हुँदै चरेश चितवन, मकवानपुर र बाराका ११ वटा चेकपोष्ट पार गरी पर्सामा पुग्दा पनि प्रहरीले उक्त चरेश फेलापार्न सकेन । उक्त चरेश प्रहरीको सेटिङमा पर्सा पुगेको आशंकालाई बल पुगेको छ ।
चितवनका मुगलिन, जुगेडी, रामनगर, बसपार्क, गोन्द्राङ, टाँडी, भण्डारा, लोथर पार हुँदा प्रहरीले पत्तो पाउन सकेन । यीमध्ये गोन्द्राङ र जुगेडीमा बढी चेकिङ हुने गर्दछ । यी नाकामा खटिएका प्रहरीले समेत सेटिङमै उक्त चरेश पार गराएको आरोप छ ।
मकवानपुरका मनहरी, सुनाचरी, जिल्ला प्रहरी कार्यालय, पशुपतिनगर, रातमाटे पार हुँदा पनि प्रहरीले थाहा पाउन सकेन । मनहरी र रातमाटेमा कडा चेकिङ गर्दा पनि प्रहरीले चरेश भेट्टाउन सकेन । बाराका अमलेखगंज, पथलैया, परवानीपुर, जितपुर नाका हुँदै उक्त चरेश पर्सा पुगेको थियो ।
यस्तो कडा चेकिङ हुँदा पनि कसरी चरेश पर्सा पुग्यो ? लागूऔषध कारोबारीहरुले उक्त चरेश पर्सा हुँदै भारततर्फ पार गराउन लानेक्रममा पर्सामा बरामद भएको थियो । विगतदेखि नै लागूऔषध कारोबारीहरुले चितवन र मकवानपुरबाट गाँजा, चरेश जस्ता लागूऔषध भारततर्फ लाने गरेका छन् । केही महिनाअघि भारतको पूर्वी चम्पारणमा ठूलो परिमाणमा नेपालबाट गएको गाँजा बरामद भएको थियो ।
यसैबीच, मकवानपुरका बिभिन्न भेगबाट गाँजातस्करी ब्यापक भएको छ । एक हप्ताअघि मात्र चौकीटोल क्षेत्रबाट गाँजा बोकेको डीआई गाडी स्कर्टिङ गरी पार गराएको स्रोत बताउँछ । सहायक हवल्दार उमेश मण्डल र जवान झलक थापाले स्कर्टिङ गरी उक्त गाडी पार गराएको स्रोत बताउँछ ।
मण्डल र थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले घुमुवाका रुपमा परिचालन गरेका छन् । कारबाहीस्वरुप सरुवा गरिएका मण्डललाई एसपी खड्काले पुनः घुमुवाका रुपमा सादा पोशाकमा खटाएका छन् । प्रहरी चौकी टोलका असई केदार विकले समेत सेटिङमा गाँजा लोड भएका गाडी छाड्ने गरेको आरोप छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend