Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मात्र ७ मतले एमालेनिकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी


    शुक्रबार, जेष्ठ ३० २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

    हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी जम्मा ७ मत बढी ल्याएर बिजयी भएका हुन् ।

    जसअनुसार सुजनले ७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मतमा सिमित भए ।

    सो सम्मेलनका लागि १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

     पदाधिकारीमा को को निर्वाचित भए ?

    अध्यक्ष: डा.सुजन कडरिया

    उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

    महासचिव : दिपक धामी

    उपमहासचिव: कमल जोशी

    सचिव : आकाश घर्ती

    सचिव: रचना सापकोटा

    सचिव : समिम बाबु

    सचिव : गोपाल नेपाल

    आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जितप्रसाद सिटौला

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार