काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् ।
गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि जितेकी हुन् । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् ।
ताज पहिरिएपछि उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिइन् । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुसी लागेको भन्दै उनले यो सफलता व्यक्तिगत नभई देशको गौरव भएको बताइन् । यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उनको भनाइ छ ।
अग्रिमाबाहेक नेपालका थप तीन जना प्रतियोगीले अन्य विभिन्न टाइटल उपाधिहरू जितेका छन् । प्रतियोगिताका मुख्य प्रायोजक एक्स्ट्रा टिच ओभल इन्टरनेशनल क्रिकेट स्टेडियमका निर्देशक अष्ट्रेलिया निवासी विनोद कुँवरले दिएको जानकारी अनुसार नेपालकी मिरिञ्जा गाहाले ‘सब टाइटल र मेडल–थ्री मिस टिन ग्लाम वल्र्ड–२०२५’, मोनिका कठायतले ‘सब टाइटल र मेडल–थ्री मिनी मिस ग्लाम इन्टरनेशनल–२०२५’ र अभिवन न्यौपानेले ‘सब टाइटल र मेडल–थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेका छन् ।
‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ विश्वकै ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो । जसमा तीनवटा बालिका उपश्रेणी र दुईवटा किशोरी उपश्रेणी छन् । प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेशनल कस्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मलरलङ्ग इभिनिङ्ग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो ।
मे २४ देखि २९ अर्थात् जेठ १० देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २९ देशका ७३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाले ताज जित्नुले नेपालको सौन्दर्य, संस्कृति र प्रतिभाको पहिचान अझ प्रष्ट पारेको छ । यस्तो सफलताले नेपालको बाल र टिन प्रतिभालाई विश्वस्तरमा चिनाउने सम्भावनाको ढोकासमेत खोलेको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend