Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गभर्नरमा ३ जनाको नाम सिफारिस, विश्व पौडेल पहिलो नम्बरमा


    मंगलबार, जेष्ठ ६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ।

    अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो। जसमध्ये पहिलो नम्बरमा पौडेलको नाम छ ।

    सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको समिति बैठक आज (मंगलबार) साँझ अर्थ मन्त्रालयमा बसेको थियो।

    यसैबीच, सर्वोच्च अदालतमा पौडेलविरुद्ध परेको रिट समेत आजै इजलासबाट दर्ता नहुने आदेश भएको छ। योसँगै अब मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एकलाई केन्द्रीय बैंकको गर्भनरको जिम्मेवारी सुम्पिनेछ।

    मन्त्रिपरिषद् बैठक ६ बजे बालुवाटारमा बस्दै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार