काठमाडौं । नेपाल प्रहरीका चौकीदेखि जिल्ला हुँदै प्रदेशका इन्चार्जहरुले सादा पोशाकमा घुमुवा खटाउने गरेका छन् । विशेषगरी भारतसँग सीमा जोडिएका तराईका जिल्लामा घुमुवा खटाउने गरिएको छ । अपराध र तस्करीका सूचना लिन भन्दा पनि प्रहरीका इन्चार्जहरुले अतिरिक्त कमाइका लागि घुमुवा खटाएको आरोप लाग्ने गरेको छ ।
२०६७ मा भीमबहादुर रावल गृहमन्त्री हुँदा र उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक हुँदा बर्षौंदेखि तराईका जिल्लामा सादा पोशाकमा खटाइएका घुमुवाहरुलाई पहाडी जिल्लामा सरुवा गर्दा मधेशमा सशस्त्र समूहको गतिबिधिमा कमी आएको थियो । पहाडी जिल्लामा खेदिएका ती बदनाम घुुमुवाहरु पुनः शक्तिकेन्द्रमा पहुँच पुर्याएर तराईकै जिल्लामा फर्किएका थिए ।
घुमुवा–तस्करको सेटिङमा तराईका जिल्लामा तस्करी बढ्ने र लक्ष्य अनुसार राजस्व असुली हुन छाडेको छ । रवि लामिछाने गृहमन्त्री हुँदा घुुमुवा खटाउन प्रहरीका इन्चार्जहरु हच्किंदा तस्करीमा कमी आएको केही दिनअघि अर्थमन्त्री बिष्णु पौडेलललाई ब्यापारीहरुले नै सुनाएका थिए ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व पनि घुमुवा खटाउने र असुलीमा बारम्बार चर्चामा आइरहन्छ । कोशी, मधेश र लुम्बिनी प्रदेशबाट आउने राजमार्ग भएकाले चितवनका थाना चौकीहरुमा बस्नका लागि चर्को हानथाप हुने गरेको छ । सबै जिल्लाका मानिस बसोबास गर्ने जिल्लाका रुपमा चिनिएको चितवनमा ९ बर्ष, १० बर्षदेखि घुमुवाका रुपमा खटिएकाहरु पनि छन् । विगतमा घुमुवा भई विवादमा परेकाहरु पनि पुनः चितवनमा फर्कीफर्की सरुवा भएर आएका छन् ।
सिपाहीमा भर्ना भएका र जागिरको सुरुदेखि कार्यरत सई धर्म पौडेल ११ बर्षदेखि चितवनमै छन् । सईमा भर्खरै बढुवा भएका उनको तलबले छोराछोरीलाई पढाउनसमेत पुग्दैन । तर उनले भरतपुर विमानस्थलसँगै त्रिचोकमा २ कठ्ठा जग्गामा तलाको घर बनाएका छन् । जहाँको जमिनमात्रै प्रतिकट्ठा करोड भन्दा बढी मूल्य पर्दछ ।
भरतपुर नगरपालिकाको गीतानगरमा १० कट्ठा खेत किनेका छन् । जुन ठाउँमा प्रतिकट्ठाको हालको मन्दीमा ३० लाख रुपैयाँ पर्छ । महंगो बोर्डिङका रुपमा लिइने भरतपुरको बाल्मिकी शिक्षा सदनमा छोराछोरी पनि अध्ययन गराएका छन् ।
पौडेल एक उदाहरणमात्र हुन्, दरबन्दी अन्यत्र भए पनि सोर्सफोर्सका आधारमा सधैं चितवनमै बस्ने, टेण्डर कबोल गरेर मातहतका थाना चौकीमा जाने र हाकिमदेखि आफ्ना लागि मात्र अकूत कमाउनेहरु थुप्रै जुनियर अधिकृत छन् ।
जुगेडीदेखि लोथरसम्मका राजमार्गका चौकीमा बसी अकूत कमाएका सई ठाकुर पनेरुका बारेमा समाचार आएपछि यसअघिका एसपी राजन लिम्बुले जिल्लामा तानेका थिए । ठाडो उजुरीमा ९ बर्षदेखि असई राजेन्द्र गौतमको हालीमुहाली छ । शान्तिसुरक्षाको निवेदनमा समेत घुस लिने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
लिम्बुभन्दा अघिल्ला एसपीका पालादेखिका घुमुवा असई हरि भट्टराईलाई हालका एसपी गोविन्द पुरीले समेत निरन्तरता दिएका छन् । सिन्धुपाल्चोकको हेलम्बुमा दरबन्दी रहेका सिकेन्द्र साहलाई रकम असुलेर चितवनमा ल्याइएको छ । भर्खरै एआईजी बढुवा भएका बागमतीका पूर्वडीआईजी कृष्णहरि शर्माले साहलाई चितवनमा काजसरुवा गरेका थिए ।
मनकामना अटो एण्ड रिकन्डिसन वर्कसप जगतपुरका सञ्चालक ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठलगायतका चोरीका मोटरसाइकलदेखि गाडीका कारोबारीसँग यिनै घुमुवाले मासिक रुपमा नजराना लिने गरेका छन् । मोटरसाइकलदेखि गाडीका पार्टपूर्जा तस्करीबाट ल्याउने धन्दामा पनि दिपु संलग्न रहेका छन् । उनका बिरुद्ध धेरै उजुरी परे पनि उनलाई घुमुवाहरुले संरक्षण गर्ने गरेका छन् ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend