डा. मुकुल ढकाल
२०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीतिक परिदृश्यलाई गहिरो रूपमा तरंगित तुल्याएको थियो । जनताले स्थापित पुराना दलहरूको विकल्प खोजिरहेको स्पष्ट अनुभूति भइरहेको थियो, र त्यतिबेलासम्म कुनै सशक्त राष्ट्रिय वैकल्पिक शक्तिको उपस्थिति नदेखिएको हुँदा अधिकांश राजनीतिक विश्लेषण र प्रक्षेपणहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यस परिवर्तनको मुख्य लाभ लिने सम्भावित पक्षका रूपमा चित्रण गरेका थिए । तर त्यो समीकरण नाटकीय रूपमा उल्टियो, जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो—जसले राजनीतिक सन्तुलन नै फेरिदियो । राप्रपा १४ सिटमा सीमित रहँदा हामी (रास्वपा) २० सिट जित्न सफल भयौं ।
राजनीतिको गहिरो चासो भएका व्यक्तिहरूका लागि यस्ता प्रक्षेपणहरू नौला होइनन्—आन्तरिक अध्ययन, तथ्यांकको विश्लेषण, र आम नागरिकसँगको संवादको आधारमा यस्ता विश्लेषणहरू नियमित रूपमा भइरहन्छन् । हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ । रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्नसक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक ‘राजसंस्थाको पुनःस्थापना’ र ‘सुधारिएको गणतन्त्र’ बीचको ध्रुवीकरण देखिएको छ—यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ ।
यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन साह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने—राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ । यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ ।
यदि हामी अझै पनि ‘राजनीतिक प्रतिशोध’ को पुरानै राग अलापिरहने हो र पार्टीको वैचारिक आधार निर्माण, संगठन संरचनाको समयसापेक्ष नवीकरण तथा आम जनताको दीर्घकालीन विश्वास आर्जन गर्ने दिशामा ठोस कदम चालेनौं भने अवस्था झनै भयावह बन्दै जाने निश्चित छ ।
आगामी दिनहरू थप चुनौतीपूर्ण हुने स्पष्ट संकेतहरू देखिएका छन् । ‘श्री ३’ को रूपमा गरिएको प्रचारबाजीले हामीभन्दा बढी गणतन्त्रप्रति दृढ प्रतिबद्धता राख्ने जनमतलाई आकर्षित गर्दै गगन थापा जस्ता पुराना पार्टीभित्रका नेताहरूलाई फाइदा पुगेको देखिन्छ । नेकपा (एमाले) सत्ताको आडमा आफ्नो संगठनलाई थप मजबुत बनाउने रणनीतिमा क्रियाशील देखिन्छ र नेकपा (माओवादी केन्द्र) ले संघीयता, धर्मनिरपेक्षता लगायत वर्तमान संविधानका आधारभूत मान्यताहरूको पक्षमा उभिएर आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गरिरहेको छ ।
यस्तो जटिल परिस्थितिमा यदि बालेन साहले नयाँ राजनीतिक दल खोले भने, सम्पूर्ण राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुनेछ—हाल गरिएका यी प्रक्षेपणहरू त्यसपछि अप्रासंगिक बन्नेछन् । तर त्यस्तो अवस्थामा पनि एक कुरा भने स्पष्ट देखिन्छ—हाम्रो पार्टीको अहिलेको स्वार्थपूर्ण, अवसरवादी नेतृत्व र स्पष्ट दिशाहीन बहसले गर्दा भविष्य अझ कठिन र चुनौतीपूर्ण हुने निश्चित छ ।
अन्ततः, बुझ्न आवश्यक कुरा के हो भने—राजनीति केवल चर्का नाराबाट होइन, सुस्पष्ट विचार र दीर्घकालीन योजनाबाट निर्देशित हुन्छ ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend