काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले अबको चुनावमा नेपालको राजनीति बालेन साहको अप्रत्यासित उदयले तरंगित तुल्याएको बताएका छन् । रास्वपाको उदयले फेरिएको राजनीतिक सन्तुलन नाटकीय रुपमा फेरिए पनि त्यसभन्दा शक्तिशाली र निर्णायक कारक राजसंस्थाको पुनस्र्थापना बनेको बताएका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन्–२०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीतिक परिदृश्यलाई गहिरो रूपमा तरंगित तुल्याएको थियो । जनताले स्थापित पुराना दलहरूको विकल्प खोजिरहेको स्पष्ट अनुभूति भइरहेको थियो, र त्यतिबेलासम्म कुनै सशक्त राष्ट्रिय वैकल्पिक शक्तिको उपस्थिति नदेखिएको हुँदा अधिकांश राजनीतिक विश्लेषण र प्रक्षेपणहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यस परिवर्तनको मुख्य लाभ लिने सम्भावित पक्षका रूपमा चित्रण गरेका थिए । तर त्यो समीकरण नाटकीय रूपमा उल्टियो, जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो—जसले राजनीतिक सन्तुलन नै फेरिदियो । राप्रपा १४ सिटमा सीमित रहँदा हामी (रास्वपा) २० सिट जित्न सफल भयौं ।
राजनीतिको गहिरो चासो भएका व्यक्तिहरूका लागि यस्ता प्रक्षेपणहरू नौला होइनन्—आन्तरिक अध्ययन, तथ्यांकको विश्लेषण, र आम नागरिकसँगको संवादको आधारमा यस्ता विश्लेषणहरू नियमित रूपमा भइरहन्छन् । हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ ।
रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्नसक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक ‘राजसंस्थाको पुनःस्थापना’ र ‘सुधारिएको गणतन्त्र’ बीचको ध्रुवीकरण देखिएको छ—यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ ।
यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन साह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने—राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ । यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ ।
यदि हामी अझै पनि ‘राजनीतिक प्रतिशोध’ को पुरानै राग अलापिरहने हो र पार्टीको वैचारिक आधार निर्माण, संगठन संरचनाको समयसापेक्ष नवीकरण तथा आम जनताको दीर्घकालीन विश्वास आर्जन गर्ने दिशामा ठोस कदम चालेनौं भने अवस्था झनै भयावह बन्दै जाने निश्चित छ ।
आगामी दिनहरू थप चुनौतीपूर्ण हुने स्पष्ट संकेतहरू देखिएका छन् । ‘श्री ३’ को रूपमा गरिएको प्रचारबाजीले हामीभन्दा बढी गणतन्त्रप्रति दृढ प्रतिबद्धता राख्ने जनमतलाई आकर्षित गर्दै गगन थापा जस्ता पुराना पार्टीभित्रका नेताहरूलाई फाइदा पुगेको देखिन्छ । नेकपा (एमाले) सत्ताको आडमा आफ्नो संगठनलाई थप मजबुत बनाउने रणनीतिमा क्रियाशील देखिन्छ र नेकपा (माओवादी केन्द्र) ले संघीयता, धर्मनिरपेक्षता लगायत वर्तमान संविधानका आधारभूत मान्यताहरूको पक्षमा उभिएर आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गरिरहेको छ ।
यस्तो जटिल परिस्थितिमा यदि बालेन साहले नयाँ राजनीतिक दल खोले भने, सम्पूर्ण राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुनेछ—हाल गरिएका यी प्रक्षेपणहरू त्यसपछि अप्रासंगिक बन्नेछन् । तर त्यस्तो अवस्थामा पनि एक कुरा भने स्पष्ट देखिन्छ—हाम्रो पार्टीको अहिलेको स्वार्थपूर्ण, अवसरवादी नेतृत्व र स्पष्ट दिशाहीन बहसले गर्दा भविष्य अझ कठिन र चुनौतीपूर्ण हुने निश्चित छ ।
अन्ततः, बुझ्न आवश्यक कुरा के हो भने—राजनीति केवल चर्का नाराबाट होइन, सुस्पष्ट विचार र दीर्घकालीन योजनाबाट निर्देशित हुन्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend