चितवन । चितवनमा यात्रुका झोला तान्ने एवम् अनावश्यक दुःख हैरानी दिने विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
परिचयपत्र साथमा नलिई यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने, झोला तान्ने लगायतका गतिविधिहरू गरी यातायातका विभिन्न नियम उल्लङ्घन गरेको एवम् चोरी, लागुऔषध सेवन गरी विभिन्न घटनामा आबद्ध हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुलाई कानुनी तथा ट्राफिक नियम सम्बन्धि सचेतना प्रदान गरेपछि परिवारको जिम्मा लगाएर छाडिएको छ । प्रहरीले भरतपुरको चौविसकोठीबाट ४३ जना, बालकुमारी चौरबाट १५ जना, टाँडीबाट ११ जना, भण्डाराबाट चार जना, गितानगरबाट तीन जना र देवघाट र चनौलीबाट २/२ जनालाई पक्राउ गरेको हो ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend