Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ गतेदेखि हुने


    मंगलबार, बैशाख ९ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्दोलनकारी शिक्षकसँग वार्ता गरी समस्या समाधानमा सरकार गम्भीर नहुँदा कक्षा १२ को परीक्षा सार्नुपरेको छ ।

    बैशाख ११ देखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने भएको छ । कक्षा १२ को परीक्षा दिन विद्यार्थी परीक्षा केन्द्रमा पुगिसकेपछि सरकारले परीक्षा सारेको छ ।

    बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए ।

    शिक्षक आन्दोलन चर्किंदै गएपछि सरकारले कक्षा १२ को परीक्षा कर्मचारी लगाएर गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झन् उत्तेजित पार्ने काम गरे ।

    निजामती कर्मचारीहरुले समेत शिक्षक आन्दोलन असफल पार्ने सरकारको आदेश नमान्ने भएपछि मंगलबार राति राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार