काठमाडौं । भारतको आसाम प्रहरीले पक्राउ गरेका दुर्गा प्रसाईंलाई आज नेपालको काँकरभिट्टा प्रहरीलाई बुझाउँदैछ । नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुबै देशका आरापीहरुलाई पक्राउ गरिसकेपछि एक अर्का देशलाई सुटुक्क बुझाउने गरिएको छ ।
कुख्यात अपराधी बब्लु दुवेलाई नेपालले भारतलाई बुझाएको थियो भने मनोज पुनलाई भारतले नेपालको सीमाक्षेत्रसम्म ल्याएपछि इन्काउन्टरमा मारिएका थिए । त्यसो त नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाका नाइके बेचन झालाई दिल्लीले गड्डाचौकीमा ल्याएर बुझाएको थियो ।
दुर्गा प्रसाईलाई पनि आसाममा भारतीय प्रहरीले नेपाल प्रहरीको सूचनाका आधारमा पक्राउ गरेको थियो । तर नेपालमा नल्याइसकेकाले प्रहरीले पक्राउ नपरेको भन्दैआएको छ । तर केहीबेरअघि उनलाई काँकडभित्तामा ल्याइसकिएको र विमानमार्फत् काठमाडौंमा ल्याइँदैछ ।
दुर्गा प्रसाइँ निकट स्रोतका अनुसार उनलाई मानवअधिकारकर्मीको रोहबरमा नेपाल प्रहरीलाई बुझाइँदैछ । प्रसाईंलाई भारतबाट नेपाल ल्याइँदै गरेको हल्लापछि उनका आफन्त र शुभचिन्तकको मेची पुलमा भीड लागेको छ । तर, नेपाल प्रहरीले भने अर्कै नाकबाट प्रसाइँलाई नेपाल ल्याउने तयारी गरेको छ ।
प्रहरी स्रोतका अनुसार मेची पुलमा भीड लोगेपछि प्रसाईँलाई गलगलिया नाकाबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो । उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।
प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ ल्याइने तयारी गरिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend