सञ्जय मिश्रा
रौतहट । नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य बराबरको लागुऔषध स्मैक बरामद गरेको छ ।
बिहारमा मदिरा उत्पादन बिक्रि बितरण तथा सेवन माथी सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि पूर्वी चंपारण जिल्लामा लागुऔषधको कारोवार बढेसँगै नियन्त्रणको लागि प्रहरीले सक्रियता देखाएको हो ।

स्थानिय नकरदेई थाना क्षेत्र अन्तर्गत सोमवार प्रहरीले ७ किलो भन्दा बढी लागुऔषध स्मैक बरामद गरेको हो, जसको अन्तर्राष्ट्रीय बजारमा लगभग नेपाली अढाई करोड़ रुपैयाँ मूल्य भएको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन्।
आईपिएस अफिसर एसपी प्रभातले स्मैक तस्करीमा संलग्न चार जना तस्करको पहिचान भएको दाबी गरेका छन्। ती तस्करको खोजी भईरहेको बताएका छन्। बरामद लागूऔषध स्मैक नेपालको बाटो हुँदै भारतमा ल्याएको प्रहरीको भनाई छ ।
प्राप्त जानकारी अनुसार नकरदेई प्रहरीले ठूलो परिमाणको लागुऔषध आईरहेको सूचनाको आधारमा प्रहरी दंडाधिकारी सह अदापुर अंचलाधिकारी अनामिका सिंहको उपस्थितिमा सर्च अभियान चलाएको थियो ।
सर्च अभियानको क्रममा सिरिसिया माल गांवस्थित एकजना ड्रग माफियाको ठेगानामा छापामारी गरिएको थियो। सो क्रममा गाउँ छेउ एउटा खाल्डोमा बोराभित्र राखिएको लागुऔषध स्मैक बरामद गरिएको हो।
सानो सानो प्लास्टिकको पुड़ियामा राखिएको थियो। जांच गर्दा लागुऔषध स्मैक रहेको तथा त्यसको तौल साढ़े सात किलोग्राम रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। तस्करहरु भने फरार भएको प्रहरीले जनाएको छ।
पछिल्लो समय बिहारमा लागुऔषधको कारोवार बढ्दैगएको देखिएको छ। बिहारमा मदिराजन्य पदार्थ उत्पादन,बिक्रि बितरण, सेवन माथी प्रतिबन्ध लगाइए पछी लागुऔषधको कारोवार बढेको जानकारहरूको अनुमान रहेको छ। मुख्यमन्त्री नीतीश कुमारको सरकारले बिहारमा सन २०१६ देखी मदिरा प्रतिबन्ध लगाउने कानून लागू भएको थियो।
मोतीहारी जिल्लामा प्रहरी प्रमुखको रूपमा आईपीएस अफिसर एसपी सुवर्ण प्रभातले कमाण्ड सम्हाले देखी गैरकानूनी क्रियाकलाप माथी प्रहरीले अंकुश लगाएको छ। खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध, गाँजा, अफिम, चरेस, स्मैक, मदिरा लगायतका सामान तस्करहरुले भित्रयाउने गरेका छन् ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend