Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • भारतमा सांसदको तलबमा २४% ले बृद्धि, अब मासिक २ लाख भन्दा बढी


    मंगलबार, चैत्र १२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नयाँदिल्ली  । भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

    संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ अर्थात १ लाख ९८ हजार नेपाली रूपैयाँबराबर तलब पाउने भएका छन् । यो तलब अप्रिल १ वाट लागु हुनेछ ।

    यसका साथै सांसदलाई दिँदै आएको दैनिक भत्ता र पूर्व सांसदको पेन्सनमा पनि संशोधन गरिएको छ । र, अब सांसदहरू दैनिक भत्ता २ हजार देखी २५०० भारतीय रूपैयाँसम्म बढाइएको छ। जसअनुसार प्रत्येक सांसदकाे तलब अब मासिक २ लाख नेपाली रूपैयाँ भन्दा बढी हुने भएकाे छ ।

    उता, पूर्व सांसदहरूको पेन्सन प्रति महिना २५ सयबाट बढाएर ३१ सय भारतीय रूपैयाँ गरिएको छ भने अतिरिक्त निवृत्तिभरणमा पाँच वर्षभन्दा बढी सेवा गरेका पूर्व सांसदहरूले अब प्रत्येक अतिरिक्त वर्षको लागि प्रति महिना २५०० भारतीय रूपैँया पाउने छन भने जुन पहिले २ हजार भारतीय रूपैयाँ मात्रै रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार