काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्तमाथि प्रश्न गरेका छन् ।
पूर्वराजा वीरेन्द्रले वेश्याबृति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भीर आरोप लगाएका छन् ।
‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप लगाएर तपाईँहरूको लुटतन्त्र कहिलेसम्म बचाउनुहुन्छ ?’ उनले प्रश्न गर्दै शाहीले भनेका छन, ‘सन् १९४६ मा जवाहरलाल नेहरु भारतीय प्रधानमन्त्री हुँदा राजा वीरेन्द्र शाह एक वर्षको हुनुहुन्थ्यो, एक वर्षको मान्छेले भारतको कलकत्तामा वेश्यावृद्धि गर्यो भन्दै आरोप लगाउने तपाईंका मुखहरुमा सायद राक्षसले बास गर्छन् ।’
शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी बनाउनका लागि उक्त कुरा बोलेको पनि जनाएका छन् । ‘माननीय रघुजी पन्तजीलाई मेरो अनुरोध निगाहमा पाएको सांसद पद जोगाउन कति लुटतन्त्रको र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चाप्लुसी गरेको ?’ नेपाली जनता तपाईंहरूको लुटतन्त्रको पक्षमा छैनन्। केही सीमित आसेपासे लुटतन्त्रमा सहभागी रस चुसेका चुसेराहरू मात्रै तपाईंको पक्षमा छन्।’
केही दिनअघि राजा वीरेन्द्र शाहले बेश्यावृत्ति गरेकाे भन्दै संसदमा केही प्रसङ्ग बाेलेपछि शाहीले सामाजिक सञ्जालबाट जवाफ दिएका हुन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend