काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि ४ चैतको राति १२ बजेबाट कुँवरसहित अन्य प्रहरी अधिकारी अवकाशमा जान लागेका हुन्। यसअघि पनि सोही नियमअनुसार उमेर हदका कारण प्रहरीका वरिष्ठ अधिकारीहरू अवकाश पाइसकेका छन्।
आईजी कुँवरसँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदैछन्। यस्तै, प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्।
उनीहरू २०५१ सालको प्रहरी ब्याचका अधिकारी हुन्, जसले ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही ब्याचका एसपी श्यामकुमार राई र सञ्जयबहादुर राउत केही दिनअघि नै अवकाशमा गइसकेका छन्।
आईजी कुँवरको अवकाशपछि नयाँ प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। हाल आईजिपीका लागि प्रतिस्पर्धामा रहेका एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य दाबेदारका रूपमा अघि आएका छन्।
नयाँ आईजिपीको नियुक्तिसँगै एआईजी र डिआइजी पदका बढुवाका प्रक्रिया पनि अघि बढ्नेछ। यसका लागि प्रहरी संगठनभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend