काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि ४ चैतको राति १२ बजेबाट कुँवरसहित अन्य प्रहरी अधिकारी अवकाशमा जान लागेका हुन्। यसअघि पनि सोही नियमअनुसार उमेर हदका कारण प्रहरीका वरिष्ठ अधिकारीहरू अवकाश पाइसकेका छन्।
आईजी कुँवरसँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदैछन्। यस्तै, प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्।
उनीहरू २०५१ सालको प्रहरी ब्याचका अधिकारी हुन्, जसले ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही ब्याचका एसपी श्यामकुमार राई र सञ्जयबहादुर राउत केही दिनअघि नै अवकाशमा गइसकेका छन्।
आईजी कुँवरको अवकाशपछि नयाँ प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। हाल आईजिपीका लागि प्रतिस्पर्धामा रहेका एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य दाबेदारका रूपमा अघि आएका छन्।
नयाँ आईजिपीको नियुक्तिसँगै एआईजी र डिआइजी पदका बढुवाका प्रक्रिया पनि अघि बढ्नेछ। यसका लागि प्रहरी संगठनभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend